नियम २९
छुट, सुबिधा र सहुलियत
: (१) ऐनको दफा ७८ को उपदफा: (१) को खण्ड (ख) बमोजिम सहकारी संस्थाले जग्गा जमिन लगायतका अचल सम्पत्ति खरिद गर्दा आय टिकट दस्तुर वा रजिष्ट्रेशन दस्तुर छुट, सुविधा वा सहुलियत प्राप्त गर्न सम्बन्धित संस्थाले देहायको विवरण सहित रजिष्ट्रार समक्ष निवेदन दिनु पर्नेछ :-
(क) यसरी निवेदन दिनु अघि रजिष्ट्रेशन दस्तुर छुट सुविधा लिई अचल सम्पत्ति खरिद गरेको भए जग्गाधनी प्रमाणपुर्जा र सम्बन्धित कागजातको प्रतिलिपि,
(ख) साधारणसभाको बैठकबाट घर जग्गाधनीको नाम नामेसी, घर जग्गा रहेको ठेगाना, कित्ता नम्बर, क्षेत्रफल र मूल्य समेत खुलाई खरिद सम्बन्धमा भएको निर्णयको प्रमाणित प्रतिलिपि,
(ग) अचल सम्पत्ति खरिदमा बचत रकम उपयोग नहुने र जगेडा कोष तथा शोयर पूँजीबाट खरिद गर्न पुग्ने लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरण,
(घ) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको भन्दा थप शेयर पूँजी र जगेडा कोषको रकमबाट खरिद गर्ने खोजिएको भए पछिल्लो शेयर पूँजी, जगेडा कोष र बचत रकमको दर्तावाल लेखापरीक्षकले प्रमाणित गरेको वित्तीय विवरण,
(ङ) सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गर्दा कैफियत देखिई सुधारका लागि निर्देशन दिएको भए निर्देशन पालनाको अवस्था खुल्ने कागजात र् सुधारको कार्ययोजना ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँच गरी रजिष्ट्रारले छुट सुविधाको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।